गुणस्तरिय शिक्षा बिना समृद्धि सम्भव छैनः मन्त्री रावल


फागुन ५, सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गुणस्तरिय शिक्षा बिना समृद्धि सम्भव नभएको बताउनु भएको छ । उहाँले हरेक क्षेत्रमा सिप सहित गुणस्तर हुनेहो भने मात्रै मूलुकको विकास सम्भव हुने भन्दै पारीवारीक वातावरणमा अध्ययन अध्यापनमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा २०६४ सालमा दर्ता भई संचालनमा आएको कोपिला भ्याली सेवा समाजको वीरेन्द्रनगर १ मा निर्माण भएको भवनको उद्घाटन कार्यत्रममा बोल्दै कोपीला भ्याली जस्तै पारीवारीक वाताबरणमा गुणस्तरिय शिक्षा दिन सके भोलीको मुलुक समृद्ध बनाउने आजका यिनै वालवालीका हुने ठोकुवा गर्नुभयो । कार्यक्रमका प्रमूख अतिथि समेत रहेका मन्त्री रावलले गुणस्तरि र प्राबिधिक शिक्षामा सबैले ध्यान दिनु पर्ने भन्दै उदाहरणिय काम गर्नेलाई प्रदेश सरकारका तर्फबाट पनि सँधै सहयोग हुने विस्वास दिलाउनुभयो ।

अमेरिकी नागरीक म्यागी डोयनले BlinkNow Foundation तथा २६ जना डोनरहरुको सहयोगमा  २०६४ सालमा कोपीला भ्याली सेवा समाज स्थापना गर्दा शुरूवाती दिनहरुमा निकै झमेला र दु:ख खेप्नु परेको   त्यो दिन सम्झिदै  आँसु झारेर उहाँले भन्नुभयो ” यो आँसु मेरो अहिले खुसीको आँसु हो दुःखको आँसुलाई मैले अहिले सबैको सहयोग लिएर खुसीमा परिणत गर्न सकें  यो सेवामा सहयोग गर्नुहुने मेरो घर परिवार लगाएत  सबै प्रती  आभारी छु ” ।

अनाथ, गरिव बालबालिका तथा असाहाय महिलाहरुको सिप विकास सम्वन्धि काम गरि रहेको जानकारी दिदै कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले बिगतमा सानै बाट गरिएको सुरुवात आज यो अबस्थामा पुग्दा खुसी लागेको छ, उहाँले थप्नुभयो, आगामी दिनमा पनि सबैपक्षको सहयोगको आग्रह गर्नुभयो । अध्यक्ष मल्लले २०६७ सालमा कोपिला भ्याली स्कूल सञ्चालन गरि हाल ४ सय, ५० जना बालबालिकाहरुलाई निःशुल्क शिक्षा र परामर्श दिदै आइरहेको भन्दै नयाँ भवनमा वातावरण मैत्री, भूकम्प प्रतिरोधी, सौर्य उर्जा, बायो ग्यास र र्रयामड अर्थ लगायतका प्रविधीमा विश्वभरका विद्यालयहरुका लागि वातावरण मैत्रीको अनुपम विद्यालय बनेको खुलासा गर्नुभयो ।

नयाँ भवन भएको क्षेत्रमा करिव साढे १२  करोड रकमको लागतमा भवन बनाएका छ भने भवन क्षेत्रमा १ सय जातका फलफूलका विरुवा वृक्षारोपण गरिएको स्कूलका प्रिन्सिपल नइम चौधरीको भनाई छ । उहाँले भन्नुभयो,  स्कूलमा अहिले स्थाई र अस्थाई गरि १ सय, ५ जनाले रोजगार पाइरहेका छन् ।

समारोहमा विदेशी दातृ निकायका प्रतिनिधि, अविभावक लगायत सरोकारवालाहरुको सहभागितामा उद्घाटन गरिएको कार्यक्रममा देशका बिभिन्न क्षेत्र र केही बिदेशि नृत्यहरु समेत प्रदर्शन गरिएको थियो ।