सुर्खेत, ९ पुस । सहकारी तथा गरिबि निवारण मन्त्री ह्दयराम थानीले जुनसुकै हालतमा सहकारी ऐन ल्याएरै छोड्ने बताएका छन् । आजभन्दा केहि वर्ष अघि नै बनिसक्नुपर्ने सहकारी ऐन मन्त्रालयमा विधेयक बनेर अड्किएको अवस्थामा आफुले संसदमा छलफलमा रुपमा अगाडि बढाएको मन्त्री थानीको भनाई रहेको छ ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार वीरेन्द्रनगरमा सम्पन्न १५ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री थानीले सो कुुरा बताएका हुन् । “एकका लागि सबै र सबैका लागि एक”भन्ने मुल नाराका साथ सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभा सम्पन्न भएको हो । उनले सहकारीहरुले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि मह्त्वपूर्ण सहयोग गरेको भन्दै आउँदा दिनमा समाजको हरेक क्षेत्रको विकासका लागि सहकारी लाग्नुपर्ने बताएका छन् । उनले सहकारीहरुले महिला र पुरुष हरेक कुरामा बराबर स्थानमा हुनुपर्छ भन्ने कुरालाई वास्तविकता बनाउन सहयोग गरकोमा जोड दिएका छन् ।
बैंक पुग्न नसकेको दुर्गम स्थानहरुमा पनि सहकारीहरुले बैँकले जस्तै सेवाहरु दिएको भन्दै मन्त्री थानीले सहकारी संस्थाहरुको प्रशंशा समेत गरेका छन्
। उनले आफ्नो दैनिकिबाट रकम बचाएर सहकारीमा बचत गरेको रकमबाट सरकारले बढि कर उठाउने गरेको भन्दै नयाँ बन्ने सहकारी ऐनमा यो कर शुल्कलाई समायोजन गर्ने समेत दाबि गरेका छन् । दैनिक जीवनलाई समृद्ध बनाउनका लागि सहकारीको ठूलो योगदान रहेको भन्दै उनले नयाँ ऐनलाई सहकारी मैत्री बनाएरै छोड्ने मन्त्रीको दाबि रहेको छ । उनले आफु यस स्थानमा पुग्नु जिल्लाबासीको साथ र सहयोग भएको भन्दै जनताको साथको कदरका लागि भएपनि सहकारीको क्षेत्रमा टेवा पुग्ने काम गर्ने बताएका छन् ।
फरक प्रसंगमा उनले सुर्खेतमा फोरलेन सडक, मेडिकल कलेज, १ हजार विगाहाको औद्योगिक क्षेत्रलगायतका पूर्वाधार बन्दै गएको उल्लेख गर्दै मन्त्री थानीले अब अन्तर्राष्टिय स्तरको विमानस्थलका लागि पनि जिल्लावासी एकजुट हुनुपर्ने आवश्यक्ता औल्याएका छन् ।
यस्तै कार्यक्रममा राष्टिय सहकारी विकास बोर्डका संञ्चालक चादनी ढकालले विभिन्न उदेश्यहरु बोकेका बहुउदेश्यीय सहकारीहरुको समाज परिवर्तनमा मह्त्वपूर्ण भूमिका हुने बताएकि छन् ।
उनले सहकारीहरुले सहयोग मागेको खण्डमा आफ्नो तर्फबाट हजस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै निरन्तर सहकारीको माध्यमबाट समाज परिवर्तनमा लाग्न सुझाव दिएकि छन् ।
कुनै पनि क्षेत्रमा निरन्तर लाग्दै गएको खण्डमा सफलता हात पर्दै जाने भन्दै उनले सहकारीको क्षेत्र मार्फत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नका लागि सुझाव दिईन् । २८ करोड बराबरको कारोबार गर्ने सहकारीको भविष्य उज्वल भएको भन्दै आउँदा दिनमा थप आर्थिक प्रगतिको लागि कामना समेत ढकालले व्यक्त गरीन् ।
सहकारीहरुले बचत गर्ने र ऋण लगानी गर्ने मात्रै नभई उनले अबका सहकारीहरु व्यवसाय मुखि हुनुपर्नेमा जोड दिईन् ।
सहकारीहरुलाई व्यवसाय मुखि बनाएर लैजान सकेको खण्डमा सहकारीहरुले उदेश्य हासिल गर्न सक्ने बताएकि छन् । उनले अझैँ पनि सरकारले सहकारी संस्थाहरुलाई समृद्धिको आधारको रुपमा हेर्न नसकेको भन्दै सरकारले सहकारीलाई हेर्ने नजरमा परिवर्तन हुनुपर्नेमा जोड दिएकि छन् ।
साधारण सभामा संस्थाका सचिव दिपेन्द्र ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगतमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी दिए । सभामा संस्थाका कोषाध्यक्ष सुरेशबहादुर गौतमले अर्थिक वर्र्ष २०७२÷०७३ सालको २७ करोड ८३ लाख ९१ हजार ६ सय ४६ रुपैयाँ बराबरको आय÷व्यय प्रस्तुत गरे । संस्थाले आगामी आर्थिक वर्र्षको लागि लक्षित ३२ करोड ९६ लाख ९१ हजार ३ सय ३३ रुपैयाँँ बराबरको बजेट प्रस्ताव गरेका छन् । कर्जा उप–समिती संयोजक महेश्वर तिवारीले कर्जा प्रतिवेदन, शिक्षा उप–समिती सदस्य रामबहादुर सारुले शिक्षा प्रतिदेन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक राजेन्द्र गौतमले लेखापरीवेक्षण प्रतिवेदन पेश गरेका थिए । 
साधारणसभाको अवसरमा संस्थामा आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रको अवसरमा यस बर्षको एस.एल.सी. परिक्षामा सर्वकृष्ट ग्रेडीगमा पर्न सफल हुने शेयर सदस्य श्री इन्दिरा आचार्य कि छोरी श्रृष्टि आचार्य यसै गरी छात्र तर्फ शेयर सदस्य श्री भक्तबहादुर राना क्षेत्रीका छोरा मनिष आर.सी.लाई नगद जनही रु ५००१ का साथै सम्मान पत्रले सम्मान गरिएको थिायो । कार्यक्रममा गत आवमा उत्कृष्ट बचतको कारोबार गर्ने बचत सदस्य ईश्वर श्रेष्ठ र असल कर्जाको कारोवार गर्ने उत्कृष्ट कर्जा सदस्य तिलविर सिं नेपालीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्रिको थियो । यसै गरी कार्यक्रममा संस्थाका कार्यालय सहयोगी महेन्द्र चाधरीलाई सम्मान पत्र सहित नगद रु ५००१ ले यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमासम्मान गरिएको थियो । यस्तै सभामा शिवबिहार बचत तथा ऋण सहकारी संथाका अध्यक्ष राजन प्रकाश शाक्यले नयाँ सहकारी ऐन आउने तरखरमा रहेको भन्दै नयाँ ऐनले सहकारी सञ्चालनमा आइपरेका बाधाहरुको समस्या समाधान गर्ने बताए । उनले सहकारी गरिबको सहयात्री भएकोले सबैले सहकारीमा आवद्ध भई खेर जाने सानो पुँजीलाई बचत गर्नुका साथै दैनिक जीवनस्तर उकास्नमा प्रयोग गर्न आग्रह गरे । साथै जिल्लामा रहेका सम्पूर्ण बहुउद्देश्यीय सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई बिभिन्न सिपमूलक साथै आय–आर्जन मूलक तालिमहरु दिनुपर्नेमा जोड दिए, यसो गर्न सकिएमा मात्र हरेक सहकारी संस्थाहरु बलियो भएर कारोबार गर्न सक्ने जानकारी दिए ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीका प्रेस सल्लाहकार नरेश थापा, साझा स्वास्थ्य सेवा सहकारी केन्द्रिय बोर्ड सदस्य चन्द्र थानी, भेरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायणकुमार कोईराला ,जनहितकारी बचत तथा ऋण सहकारी संंस्थाका सचिव यामराज गिरी, राष्ट्रिय सहकारी बैक शाखा सुर्खेतका शाखा प्रबन्धक सागरनाथ योगी, सिद्धार्थ बिकास बैंक सुर्खेतका शाखा प्रबन्धक नारायण भण्डारी, उच्च अदाल वार एशोशिएसनका अध्यक्ष विवशकुमार बस्नेत, उधोग बाणिज्य संघ सुर्खेतका बाणिज्य उपाध्यक्ष धनबहादुर रावत, दृष्टीबिहीन हेरबिचार केन्द्र सुर्खेतका अध्यक्ष जीवनकुमार शाक्य, पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष उपेन्द्र खड्का तथा संस्थाका सल्लाहकारहरु झुपबहादुर बस्नेत, विद्याभूषण मानन्धर, पदमबहादुर शाहीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका सह–सचिव संचालक सदस्य मिलन श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा संस्थाका शिक्षा उप–समिती संयोजक पूर्णबहादुर नेपालीले स्वागत मन्तव्य राखेका थिए ।



Milan Shrestha । ९ पुष २०७३, शनिबार ११:५५ बजे