मेलामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने


१ चैत्र, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालीकाको बाबियाचौरमा सञ्चालन हुने सांस्कृतिक महोत्सबमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगीता हुने भएको छ । यहि चैत्र २२ देखी ३० गते सम्म आयोजना हुने बृहत कृषी, पर्यटन, तथा सांस्कृतीक महोत्सबमा उक्त प्रतियोगीता हुने भएको हो ।

खुल्ला प्रतियोगीतामा बिजेताका लागी १ लाख ३१ हजार रुपैयां पुस्कार प्रदान गरिने छ । यो कर्णाली प्रदेशमै भलिबलका लागी सर्वाधिक पुरस्कार राशी भएको महोत्सब मुल आयोजक समितीका सचिब जगतराज ढकालले जानकारी दिए ।
सामुदायिक अध्ययन विकास केन्द्र पञ्चपुरी ६ ले आयोजना गर्न लागेको महोत्सबको सहआयोजनामा ८ वटा क्लबहरु समेत रहेका छन् ।

पश्चिम सुर्खेतको एकता, आजको आवश्यकता , कृषी पर्यटन संस्कृति तथा खेलकुद प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ आयोजना गर्न लागीएको महोत्सबमा करिब डेढ लाख दर्शकले अबलोकन गर्ने आयोजकले जानकारी दिएको छ । ग्रामिण क्षेत्रमा नेतृत्व विकास र स्थानिय कृषी, पर्यटन र संस्कृती र खेलकुदको प्रवर्द्धन गर्नका लागी महोत्सबको आयोजना गरिएको सचिब ढकालले बताउनुभयो ।

महोत्सबमा र्‍याफ्टिङ्ग समेत सञ्चालनमा ल्याईने भएको छ । पञ्चपुरी ५ तिखाकुनादेखी भेरी र कर्णालीको दोभान त्रिवेणीसम्म १ हजार रुपैयांमा र्‍याफ्टिङ्ग अपडाउन गरिने समेत बताईएको छ । करिब १ सय ५० स्टल रहने मेलामा विभिन्न लघु, घरेलु , कृषी तथा पशुजन्य स्थानिय उत्पादनहरु समेत रहनेछन् । करिब ५४ लाखको खर्चको अनुमान गरिएको महोत्सबमा ५ करोडको कारोबार हुने आयोजकले जानकारी दिएको छ ।