सावधानी अपनाउन वडाबासीमा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाको अनुरोध


५ मंसीर, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले निर्माणाधिन मंगलगढी-काँक्रेविहार सडक मार्गमा यहि मंसीर ६ गतेका देखि सडकमा रहेका पूराना विद्युत पोल र लाइन नयाँ विद्युतका पोलहरुबाट लाइन सुचारु गरिने भएकोले सावधानी अपनाउन वडाका नागरिकहरुलाई अनुरोध गरेको छ ।

विद्युतका नयाँ पोल र तारमा कुनैपनि व्यक्ति घरधनीले हानी नोक्सानी अवरोध पुर्याउने कार्य नगर्न वडा कार्यालयले सूचना जारी गरेको छ । सूचनामा विद्युतका पूराना पोलहरु हटाइने हुँदा पोलमा रहेका इन्टरनेट, केवल लाइन तथा टेलिफोनका तारहरु व्यवस्थित गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको छ ।