कर्णाली प्रदेश प्रमुखद्वारा शुभकामना सन्देश


५ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले हिन्दुहरुको होली पर्वको उपलक्ष्यमा शुभकामना सन्देश दिनुभएको छ ।

सन्देशमा प्रदेश प्रमुख खनालले कर्णाली प्रदेश तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा होलीको शुभकामना दिँदै उहाँले धार्मिक साँस्कृति विविधाता संगै अनेकन चाडपर्वको अनुपम संगमको रुपमा रहेको होली पर्वलाई सबै नेपालीहरुले खुशी साटासाट गर्न विभिन्न रङ्गहरुमा रंगिएर हर्षोल्लासपूर्वक मनाउने परम्परा संदियौ देखि चलिआएको र यो पर्वलाई आपसी सौहार्ददता बृद्धि गर्न पर्वको रुपमा लिइए बताउनुभएको छ ।

यो पर्वले नेपालीहरु विचको एकता, सदभाव र सहिष्णुता, भाषा, संस्कृति एवं परम्पराको संरक्षण र सम्वर्धन गर्न फागु पर्वले हामीसबैमा प्रेरणा मिलोस भन्ने काम प्रदेश प्रमुखले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।