तरुण दल सुर्खेतको अध्यक्षमा विष्ट विजयी (अपडेट)


300447_105275489584400_1407036731_n२३ कार्तिक सुर्खेत । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सुर्खेतको अध्यक्षमा हरि विष्टले १८० मत ल्याई  विजय भएका छन् । विष्टले निकटम प्रतिद्वन्दी नवल गिरिलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । गिरिले ८१ मत प्राप्त गरेका थिए ।

तरुण दल सुर्खेतको आज सम्पन्न निर्वाचनमा २८३ मत खसेको थियो । त्यसैगरि उपाध्यक्षमा चित्रजंग शाहीले १ ८५ मत, सचिवमा कृष्ण भण्डारीले १७५ मत, कोषाध्यक्षमा प्रेमप्रकाश खत्रीले १७८ मत ल्याएर विजय भएका हुन् ।

केन्द्रीय पार्षदहरुमा निरञ्जन केसीले  १८० मत, महिला केन्द्रीय पार्षद कल्पना मल्ल १७६, महाधिवेशन प्रतिनिधीमा खुलातर्फ लक्ष्मी पुन १७९, समावेशीतर्फबाट कमला बिक १७३, जनजाति तर्फबाट कविराम थापा १४५, दलित तर्फबाट बिरबहादुर सुनार सोनी १८७ विजय मत ल्याई भएको निर्वाचन अधिकृत उत्तम प्रसाद आर्चायले बताउनुभयो ।