

२२चैत्र कालिकोट
जिल्लामा आज दिउँसोदेखि सुरु भएको असिनापानी वर्साले बालीनालीको निकै ठूलो क्षेती पुर्याएको छ ।
जिल्लाका उच्च वस्तिमा रहेका महावै,तिलागुफा,शुभकालिकाको साथै सबै स्थानीय तहमा असिनापानीले हिउँदे बाली तथा फलफुल तरकारी खेतीमा ठुलो नोक्सानी पुगेको स्थानीयहरुले वताएका छन् ।
सदरमुकाम मान्म बजार क्षेत्रमा पनि असिना परेको र बजार क्षेत्र नजिकैका वस्तिमा समेत बालीनाली तहस नहस हुनुका साथै सिंगो नगरपालिका भरका किसानहरुलाइ मर्का पारेको नगर उपप्रमुख विजया विष्टले वताउनु भयो ।
जिल्ला भरमा असिनाले क्षती पुगाएको कारण भोकमरीले सताउने सुनिश्चित भएको भन्दै समयमै विकल्प खोज्न आवश्यक रहेको जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले जानकारी गराउनु भयो ।असिनाले विशेषगरी गहुँबालीमा क्षेती पुर्याएको वताइएको छ ।
Milan Shrestha । २२ चैत्र २०७५, शुक्रबार १७:०५ बजे