सर्वसाधारणले गर्दा हामिपनि अल्मलिएका छौः निर्वाचन अधिकारी चालिसे (भिडियोसहित)


२९ पौष, सुर्खेत । अहिले राज्य भरि विभिन्न पार्टिहरुको वडा देखि लिएर केन्द्रिय अधिवेशन चलिरहेको छ ।

देशका मुख्य राजनैतिक दलहरु मध्य केहिले आफ्नो पार्टिको सम्पूर्ण अधिवेशनहरु सकेर आउदै गरेको स्थानिय निकायको चुनावलाई लक्षित गरि गतिविधिहरु बढाई रहेका छन् भने केहि राजनैतिक दलहरुको अधिवेशन सकिने क्रममा छ । यस्तो अवस्थामा नेपाल सरकारले माघ १२ गतेको लागी भनेर राष्ट्रिय सभाको निर्वाचन घोषणा समेत गरि सकेको छ र निर्वाचन आयोग नेपाल पनि आफ्नो सम्पूर्ण तयारीहरु पुरा गर्नका लागि अहोरात्र खटिई रहेको अवस्थामा स्थानियहरुमा धेरै प्रश्न र अन्यौता समेत छाएको देखिन्छ ।

यसै बिच कर्णाली प्रदेशका प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेका अनुसार सर्वसाधारणले गर्दा आफूहरु पनि अलमलमा परेको बताउनु हुन्छ । चालिसेका अनुसार हाललाई सुर्खेत जिल्लाको जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन आयोग गरि तिन स्थानबाट मतदाता परिचय पत्र दर्ता गर्ने कार्य भईरहेको छ । मुख्य त जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकता प्रमाण पत्र बनाउने समयमा जिल्ला प्रशासनबाट परिचय पत्रको लागी दर्ता गरिसकेको हुन्छ जुन कुरा सर्वसाधारणलाई पूर्ण रुपमा ज्ञान हुदैन अनि केहि समय पछि उहांहरु आएर हाम्रो मतदाता परिचय पत्रको दर्ता गरिदिनु पर्यो भन्नु हुन्छ ।

हामीले अफलाईनबाट दर्ता गर्न खोज्दा धेरै जना व्यक्ति दोहोरी रहनु भएको हुन्छ । मुख्यतः यो समस्या महिला दिदी बहिनीहरुमा पनि देखिने गरेको छ । जस्तै छिमेकी जिल्लाहरुबाट बिवाह गरेर आईसके पछि र बसाई सराई सरेर आईसकेपछि धेरै समस्या देखिएको छ । उहांहरुको नागरिकतामा साविक गाविसका वडा र नामहरु उल्लेख भएको हुन्छ पछिल्लो राजनिति परिवर्तन संगै राज्य संघियताका गएर धेरै स्थानहरुको नाम, वडा, पालिकाहरु परिवर्तन भईसक्दा पनि उहांहरुलाई जानकार छैन र पुरानै स्थानको नाम लिईरहनु भएको हुन्छ ।

अर्काे कुरा हामीले अनलाईन दर्ता गराउने सम्पूर्ण तयारी त गरिरहेको छौ तर भौगोलिक बाध्यताले गर्दा हामिले शिविर राखेर दर्ता गरिरहदा त्यहां नेटवर्क भएता पनि सरर्भर राम्रो नहुँदा सबै कुरा सिस्टमबाट उडेर गएको पनि तितो अनुभव सुनाउनु हुन्छ ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउदाको समयमा दर्ता गरिएका व्यक्तिहरु हाम्रो कार्यालयमा आएर पुनः दर्ता गराउन खोज्नु हुन्छ वा मेरो नामावली त निर्वाच आयोगको वेभसाइटमा छैन भन्ने, अतालिने अनि भिडभाड बढाउने गर्नु हुन्छ, त्यस्तो समयमा हाम्रो कार्यालयले धेरै लाई भन्ने गरेको छ कि, निर्वाचन आयोगको सर्भरमा आउन धेरै समय लाग्ने गर्दछ यति मात्र होईन जब देशले निर्वाचनको मिति घोषणा गर्दछ उक्त समय देखि कम्तिमा पनि १२० दिनको महुलत समय राखेर निर्वाचन आयोगले निर्वाचन गराउने कुरा ऐनमा नै उल्लेख गरको हुदा उक्त १२० दिन भन्दा अगाडिको मितिलाई हामिले Cut-off Dete भन्ने गरेको छौ र सोहि दिनसम्म दर्ता भएका व्यक्तिहरुको मात्र नामावली देखिने हो । तसर्थ अहिले निर्वाचन आयोगको सर्भरमा पुष ५ गते सम्मको सम्पूर्ण जानकारीहरु अपलोड भईसकेको छ ।

पछिल्लो समय जिल्लाको तिन वटा स्थानहरुबाट हामीले बिहान ७ बजे देखि साँझ ७ बजे सम्म लगाएर कार्य गरि दिनमा ५ देखि ६ सय जनाको दर्ता गर्ने गरिसकेका छौं । हामी नेपालीहरु अन्तिममा तातिने बानिले गर्दा पनि हामिलाई गाह्रो बनाईरहेको छ ।

हुन त हामीले कसैलाई पनि आजको काम भोली भनेर फर्काएका छैनौ तै पनि मैले धेरै स्थानिय प्रतिनिधि ज्यूहरुलाई भन्ने गरेको छु, यदि कतै टाढा बाट पठाउदै हुनुहुन्छ भने दिनको १२ बजे सम्म अफिसमा पठाईदिनु होला जसले गर्दा उहांहरुलाई पनि काम सकेर फर्कन सहज होस् तर यहां त ५ बजेसम्म पनि टाढा टाढाबाट सर्वसाधरहरु आउने परिपातिले गर्दा उहांहरुको अनावश्यक खर्चहरु बढ्ने बढिरहेको छ ।

त्यसैले मतदाता नामावली कहिले अन्तिम भन्न कसैले पनि सक्दैन जहिले सम्म मन्त्रीमण्डलबाट निर्वाचनको मिति तय हुन्छ त्यसको १२० दिन वा फास्ट ट्रयाकबाट कार्य गर्दा १०० दिन पनि पुग्ने भएकोले तपाईहरुले निर्वाचन मिति तय भएको १ सय २० दिन गनेर निर्वाचन आयोगको कार्यालयमा आएर नामावली दर्ता गर्न सक्नु हुनेछ ।

https://www.youtube.com/watch?v=R83RL2SAJZg