कोहलपूरमा भेटिएको वस्तु बम नभएको पुष्टी


५ बैशाख, बाँके । बाँके कोहलपुर बसपार्कको पश्चिम तर्फ कृषि बजारको नजिकै महेन्द्र राजमार्गको बीच भागमा राखिएको प्रेसरकुकर आतंकित मात्रा पार्नलाई भएको  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर विष्टले जानकारी दिनुभयो ।

बिहान करिव पौने सात बजेतिर प्रहरीले फेला पारेको उक्त श‌ंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निरिक्षण गरेपछि बम नभएको पुष्टी भएको प्रहरी निरिक्षक विष्टले बताउनुभयो ।

प्रेसर कुकरमा तार जोडेर राखिएको हामीले फेला पारेका थियौ तर यो खाली आतंकित पार्नलाई मात्र रहेको उहाँले भन्नुभयो ।

यसैवीच आज नेपालगंज रंगशालामा ८ औं राष्ट्रिय खेलकुदको साँझ ५ : ४५ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले बन्द हड्ताल नगर्न सम्बद्ध सबैसँग अपिल गर्नुभएको छ ।