अन्तरपालिका जोड्ने सडक शिलान्यास


४ माघ, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकालाइ जोड्ने भेडाबाडी आपगैरा खेल्नेचौर सडकको शिलान्यास गरिएको छ ।

प्रदेश सभा सदस्य ठम्मरबहादुर बिष्टले गुर्भाकोट ११ भलामार बाट सिम्ता गापा ८ डाडाखाली खेल्ने चौर जोड्ने सडकको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

गुर्भाकोट नगरपालिका ११ स्थित भलादमारलाइ जिरो पोइन्ट मानेर आज शिलान्यास गरिएको हो । अबको एक बर्ष भित्र उक्त सडक निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ । २ करोड बजेटमा अहिले सडकको ट्र्याक खोल्ने र बहुबर्षिय आयोजना अन्तर्गत उक्त सडकलाइ मर्मत गर्ने सान्सद बिष्टको भनाइ छ ।

शिलान्यास गरेसङ्गै आजैदेखी सडक निर्माणको जिम्मा मिसन कन्ट्रक्सन काठमाडौले जिम्मा लिएको छ । यो सडक निर्माण भएपछी डाडाखालिका स्थानियलाइ सल्यान हुँदै पुन सुर्खेत सिम्ता जानुपर्ने बाध्यता हट्नेछ । हालसम्म डाडाखाली खेल्नेचौरका नागरिक मेहेल्कुना सल्लिबजार सल्यान हुँदै सिम्ता गाउँपालिका केन्द्र जामुनेबजार देखि जान बाध्य थिए । त्यस्तै उनिहरु गुर्भाकोटकै गुमि, पातिहाल्न, खानिखोला हुँदै खेल्नेचौर जान बाध्य थिए ।

यो सडक निर्माण भएपछी उनिहरुलाइ एकदमै छोटो दुरि पर्नेछ । यसैबिच सडकको शिलान्यास गर्दै साँसद बिष्टले यो सडक तोकिएकै समयमा सम्पन्न हुने बताउनुभयो । उहाँले अन्तरपालिका जोड्ने उदेश्यका साथ सडक निर्माणका लागि योजना तय गरिएको बताउनुभयो ।

सडकको अनुगमन गर्न स्थानियहरुको सक्रियतामा सडक सरोकार समिती पनि गठन गरिएको बताउनुभयो ।