१३ बैशाख, सुर्खेत । वंशजका आधारमा नागरिकता दिने कार्यलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै रोकेकोछ। वरिष्ठ अधिवक्ता बोर्डबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आज (शुक्रबार) नागरिकता दिने कार्यलाई तत्काल रोक्नकालागि अन्तरिम आदेश गरेको हो ।
अदालतले २०५३ र २०५८ मा अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका सन्तानलाई नागरिकता दिने बाटो खोलेको भन्दै अधिवक्ता कार्कीले रिट दायर गर्नुभएको थियो ।
रिटमाथि आज सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषेत्तम भण्डारीको संयुक्त इजलासले आज (शुक्रबार) विवादको अन्तिम टुंगो नहुन्जेल सम्मका लागि नागरिकता वितरण कार्य तत्काललाई रोक्न आदेशको हो ।
गृह मन्त्रालयले गत साल चैत १९ गते वंशजका आधारमा नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
गत साता न्यायाधिश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको परिपत्रलाई सदर गर्ने निर्णय गरेपछि तराईमा नागरिकता लिनेको उल्लेखिय सहभागीता रहेको छ ।



Milan Shrestha । १३ बैशाख २०७६, शुक्रबार १६:०४ बजे