प्रकाशको “विश्वास” सार्वजनिक


२० बैशाख, सुर्खेत र अस्ट्रेलिया  बस्ने  नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको रहेको छ । बिदेशको व्यस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको  बिकास र बिस्तारमा नेपाली कलाकारहरुमा लगाव ठुलो छ ।
विगत १०  वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ  गीत ” बिश्वास” सार्वजनिक  गर्नुभएको छ । सानै उमेर देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुनुहुन्छ  ।
केहि दिन अघि उहाँको नयाँ गीत ” बिश्वास”  डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतलाई मिडिया र दर्शक बाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ । गीतमा स्वर स्वयम कार्कीको रहेको छ भने शब्द र संगीत  प्रकाश कार्की र स्वतन्त्र सङ्म्यानको रहेको छ  । गीतको एरेञ्ज्मेन्ट  गोपाल रसाइलीले गरेका हो  । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो आउने तयारीमा छ।