सपना ब्यूझाउने मादलु बज्यो


असार २१, सुर्खेत ।

गायीक सपना शाहीलाई मादलुको तालले यस पटकको तीजमा फेरी पनि ब्यूझाएको छ । मादलु बजेको रन्को सँगै सपनाको सपना पनि बिपनामा परीणत भएको छ । यो बर्षको जीजको मिति नजिकिदै गर्दा फेरी पनि गायीका सपना शाहीको झ्याउरे भाकाको नयाँ छमछमी नचाउने गीत ‘मादुलु बज्यो’ पनि बजारमा आएको छ ।

४० भन्दा बढि तीज गीतहरु नेपाली सांगितिक फाँटमा ल्याई नेपाली गीत संगितमा फरक पहिचान बनाउन सफल दैलेखकी सपना शाही यो बर्षको तीजलाई मध्यनजर गरी नयाँ गीत सार्बजनिक गर्नुभएको छ ।

‘रुन परेपछि, माया गर्नुको के अर्थ, तिमि एक्लै म एक्लै हुन परेपछि’ बोलको चर्चित गीतबाट नेपाली सांगितिक क्षेत्रमा पाइला टेकेकी सपनाको ‘दामी दामी मैयाको झक्कास झक्कास हाँसो’ बोलको तीज गीतले पनि कम्ति चर्चा पाएन ।

शुभास घर्तीले शब्द सृजना गर्नुभएको सो गीतमा गायीका सपनालाई नवगायिका प्रतिभा शाहीले गायनमा साथ दिनुभएको छ भने गीतमा विवश घर्तीको संगीत रहेको छ । म्यूजिक भिडियोमा निरुता शाही र कविता अधिकारीले अभिनय गर्नुभएको छ ।

अध्यापन पेशा सँगै गायन पेशामा समेत क्रियाशिल सपना शाहीको सपना यो गीतले पनि साकार पार्ने आशा गरीएको छ ।