
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ५ दिने चलचित्र श्रृंगार प्रशिक्षण आज शुरु भएको छ । चलचित्र विकास बोर्डले कर्णालीमा पनि श्रृंगार गर्ने प्राविधक उत्पादन गर्ने उद्देश्यले कार्याशाला गरिएको विकास बोर्डका सदस्य राजु केसीले बताउनुभयो ।
केसी भन्नुहुन्छ कर्णालीको वीरेन्द्रनगरमा पनि धेरै म्यूजिक भिडियो तथा चलचित्र बन्ने गरेकोले यहाँ चलचित्रकालागि चाहिने प्राविधिकहरुको कमी भएकोले श्रृंगारका प्राविधिक उत्पादन गर्ने उद्देश्यले हामीले ५ दिने श्रृंगार कार्यशाला गरेका हौं ।
५ दिने श्रृंगार प्रशिक्षणकालागि नेपाली चलचित्र क्षेत्रका चर्चित श्रृंगारकर्ता सन्तु तामाङ्ग प्रशिक्षक रहनु भएको छ । तामाङ्गले बदलिंदो आकाश चलचित्रबाट श्रृंगारको काम गर्नुभएका उहाँले करिब २ सय भन्दा बढी चलचित्र श्रृंगारको काम गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ । हामीले गतबर्ष नै यो कार्यक्रम गर्ने योजना थियो तर यसबर्ष यो कार्यक्रम गर्न सफल भएका छौं ।
सुर्खेतका चलचित्रकर्मी श्रीनाथ फिल्मस् का निर्मल प्याकुरेल हामी कर्णालीमा पनि चलचित्रका प्राविधिक उत्पादन गर्नुपर्छ अभिप्रायले यो कार्यशाला गर्नकालागि आफूलागि परेको बताउनुहुन्छ ।
सुर्खेतका कलाकार यामनारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्खेतका अग्रज कलाकार प्रेमदेव गिरीले आफ्नो अनुभव सुनाउनुभएको थियो ।
Prawash Kumar Shakya । ३० माघ २०८१, बुधबार १०:३२ बजे