राष्ट्रिय नाटक महोत्सव सफल बनाउन विभिन्न समिति गठन


फाइल फोटो

१६ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आउँदो २०७५ मंसीरको महिना संचालन गरिने राष्ट्रिय नाटक महोत्सवलाई सफल बनाउनकालागि आज विभिन्न समितिहरुको गठन गरिएको छ ।

आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा सुर्खेतका कलाकर्मी तथा सरोकारवालाहरुको भेला नाटक महोत्सव सफल बनाउन विभिन्न गठन गरेको हो ।

भेलाले नाटक महोत्सवको मुल संयोजकमा गणेशभक्त गौतमलाई चयन गर्दै सल्लाहकार समिति संयोजकमा प्रेमदेव गिरी, रंङ्गमञ्च व्यावस्थपनमा यामनारायण आचार्य, स्क्रिप्ट छनौट तथा समन्वयमा प्रकाश पौडेल, आर्थिक समितिमा ललित भट्टराई, प्रचारप्रसारमा भानुभक्त अधिकारी, कार्यशाला गोष्ठीमा केशव ढकाल, दर्शक व्यवस्थापनमा उत्तम शर्मा, अतिथि सत्कारमा माया थापा, यातायात तथा आवासमा अकबर खान, सचिवालय व्यवस्थापनमा अशोककुमार सिंह, प्राविधिकमा दिपक नेपाली, झाँकी व्यवस्थापनमा खड्गबहादुर चन्द, अभिलेखिकरणमा सुरेन्द्र गिरी, भेषभुषा श्रृंगारमा सविता कोइराला, प्रायोजन व्यवस्थापकमा विशाल ढकाल, पुरस्कार तथा सम्मानमा खुमलाल न्यौपाने र सामाग्री उत्पादनमा तिलक पौडेललाई चयन गरेको छ ।

राष्ट्रिय नाटक महोत्सव संचालनमा करिव ५८ लाख अनुमानित खर्च हुने नाटक महोत्सव मुल समारोह समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिनुभयो ।