
लक्ष्मीप्रसाद पौडेल
१६ जेठ, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकका जनप्रतिनिधीहरुले वैदेशिक रोजगार समाजको ठुलो मुद्धा भएकोले यसलाई निरुत्साहित गर्ने प्रतिवद्धता गरेका छन् ।
विहिवार भेरिगंगा १० छिन्चुमा एकाउन्टिविलिटी ल्यावको सिटिजन हेल्पडेस्क अर्न्तगत आयोजित स्थानिय तहको नितिनिर्माणमा वैदेशिक रोजगार, स्थानिय तहका जनप्रतिनिधी र सरोकारवालाहरुबिच छलफल कार्यक्रम’ मा भेरीगंगा नगरपालीकाका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य र वडा अध्यक्षहरुले वैदेशिक रोजगारीलाई वडा स्तरबाटै निरुत्साहित गर्नुपर्ने बताएका हुन् ।
घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्क अनुसार भेरीगंगा नगरपालिकामा १२ सय ९५ जना युवाहरु विदेशिएका छन । वर्षोनी यो संख्या बढ्दो क्रममा छ । सोहि तथ्यांक अनुसार जम्मा घरधुरी संख्याको ८ प्रतिशत घरधुरी वैदेशिक रोजगारीमा निर्भर छन् ।
कार्यक्रममा भेरीगंगा नगरपालिकका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न निति बनाउने गृहकार्यमा रहेको र वजेट अभावले समस्या परेको बताउनुभयो । नगरप्रमुख चन्दले युवाहरुले वैदेशिक रोजगारीको मुख्य कारण लहैलहै र फेसन पनि बनेकोे दावी गर्नुभयो ।
यस्तै कार्यक्रममा नगर उपप्रमुख रेणु आचार्यले वजेट भएपनि वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने कार्यविधि निर्माणमा ढिलाई भएकोले समस्या परेको बताउनुभयो । नगरपालिकाले युवाहरुलाई ड्राइभिङ तालिम, लोकसेवा आयोग तयारी कक्षा पनि संचालन गरिसकेको उपप्रमुख आचार्यले जानकारी दिनुभयो । “तालिम दिन्छौ हामिले तर त्यसको सदुपयोग भएन । विदेशमा गएर गर्ने दुःख नेपालमा गरेनौँ ।” उपप्रमुख आचार्यले भन्नुभयो ।

वैदेशिक रोजगार सम्बन्धमा वडा अध्यक्षका भनाईहरुः
भेरीगंगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष हरिप्रसाद कंडेलले वेरोजगारहरुले रोजगारी र सिपको प्रस्ताव वडा र नगरपालिकामा गर्नुपर्ने बताउनुभयो । वडा नं ११ का अध्यक्षले युवाहरुलाई अनुदानको व्यस्था गर्न नसकेको बताउनुभयो । यस्तै वडा नं ८ का अध्यक्षले आफ्नो वडामा २०० जनाले वेरोजगारी फारम भरेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको कमाई फजुलखर्च हुने दावी गर्नुभयो ।
भेरीगंगा १ का वडा अध्यक्ष नवराज कार्किले वजेटजती पूर्वाधार विकासमामात्रै खर्च हुने समस्या यथावत रहेको दावी गर्नुभयो । वडाअध्यक्ष कार्किले सिप सिकेर पनि विदेशिने नै चलन बनेको गुनासो गर्दै सिप सिकेपछी विदेश जादिँन भनेर प्रतिवद्धता गर्नुपर्ने उहाँको भनाई छ । वैदेशिक रोजगारीले पारिवारिक विचलन ल्याएको पनि उहाँको बुझाई छ । उहाँले आफु पनि भारतमा गएर श्रम गरेको अनुभव सुनाउनुभयो ।
नगरपालिकाको सिपविकास तालिममा कोटा प्राणाली भयोः युवा
कार्यक्रममा सहभागि वैदेशिक रोजगारीबाट फर्केका र अन्य युवाहरुले सिपविकास तालिममा थोरै कोटा भएकोले आफुहरु सहभागि हुन नपाएको गुनासो गरेका छन् । सिपविकास तालिम मागमुखी नभएर पूर्तीमुखी भएको पनि उनिहरुले बताएका छन ।
“तालिममा पक्षपातपूर्ण व्यवाहार गरिएको छ ।, तालिम लिन चाहेकोले लिन नपाउने -” सहभागिहरुले प्रश्न गरे । वैदेशिक रोजगारीबाट फर्केकाहरु र अन्य युवाहरुलाई लाई पनि उचित ऋण प्राप्त नहुनु र सिकेको श्रम पनि यहाँको वातावरणले लुकाउनुपर्ने उनिहरुको गुनासो छ ।
उत्पादनले बजार पाउदैनः विकल्प विदेश’
कार्यक्रममा सहभागि युवाहरुले आफुहरुले उत्पादन गरेको कृषिजन्य र अन्य कुनैपनी वस्तुको वजार व्यवस्थापन नहुँदा पनि यूवालाई स्वदेशमै काम गर्न उत्प्रेणा नमिलेको निष्कर्ष निकालेका छन् । नगरपालिकाका उपप्रमुख रेणु आचार्यले यसबारेमा नीति बनाउन पहल गर्ने बताउनुभयो ।
उपप्रमुख आचार्यले अहिलेसम्म कसैले पनि नगरपालिकामा सिप सिकाइदिनुस भनेर नआएको गुनासो गर्नुभयो । “नगरपालिकामा सिप सिकाइदिनुस भनेर आउनुभो भने, हामि सिकाउँछौँ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागि भेरीगंगा नगरपालिकाका जनप्रतिनिधीहरुले आगामि दिनमा नगरपालिकामा उद्मम गरिरहेकाहरु र वेरोजगार युवाहरुलाई संगै राखेर छलफल गर्ने जनाएका छन । जसले गर्दा स्वदेशमै उद्यमम गरेकाहरुको उत्प्रेणाले वेरोजगारहरु विदेशिन निरुत्साहित हुने उनिहरुको बुझाई छ ।
सर्फ उद्योग संचालन गर्ने योजनामा रहेका शर्मा भनछन, “शत्रु पनि विदेशिन नपरोस”
भेरीगंगा नगरपालिका वडा नं १३ का पूर्णप्रसाद शर्मा ३ पटकसम्मको वैदेशिक रोजगारीको यात्रा रोकिएपछी चौथो पटक वहराइन पुग्नुभयो । उहाँ भन्नुहुन्छ “मेरो शत्रुलाई पनि विदेशिन नपरोस् । वैदेशिक रोजगारीमा दुःख पाएर स्वदेश फर्किएका शर्मा स्थानिय सरकार र समुदायको को सहयोग र हौसला मिले सरफ उद्योग गर्ने योजनामा रहनुभएको छ ।

वैदेशिक रोजगारीले पारिवारिक विचलन ल्याएको निष्कर्ष
कार्यक्रममा सहभागिहरुले वैदेशिक रोजगारीले पारिवारिक विचलन र कुकार्य भित्राएको बताएका छन । त्यसैले श्रमको देशमै सदुपयोग गर्नुपर्नेमा उनिहरुको जोड छ ।
कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख,उपप्रमुख, नगर कार्यपालिका सदस्य, युवा, वैदेशिक रोजगारिवाट फर्किएर स्वदेशमै काम गरिरहेका र परिवारका सदस्य वैदेशिक रोजगारमा भएकाहरुको सहभागिता रहेको थियो ।



Milan Shrestha । १६ जेष्ठ २०७६, बिहीबार २२:०७ बजे