स्थानिय विकास अधिकारी नहुदाँ काम प्रभावित



अविरल ढकाल, जुम्ला
माघ ८
जिल्ला समन्वय समिती जुम्लाका स्थानिय विकासका अधिकारी जिल्लामा नहुदाँ कार्यालय ७ महिना देखि अधिकारी विहिन भएको छ । २०७४/०७४ को आर्थिक वर्ष सकिन लाग्दा असार दोश्रो साता स्थानिय विकास अधिकारी हरिनारायण वेलवासे जुम्ला बाट भागेर गएको स्थानियले आरोप लगाएका थिए । ७ महिना देखि जिल्लाका विकासे योजनाको रकम भुक्तानी गर्न र कार्यालयको काम काज गर्नमा समस्या भएको छ ।

ग्रामिण सडक पहुँच कार्यालय जुम्लाका म्यानेजर धनबहादुर श्रेष्ठले भने सरकारी स्तर बाट उपलव्ध हुने विकासे योजनाको रकम भुक्तानी गर्नको लागि समस्या सिर्जना भएको छ स्थानिय विकास अधिकारी जिल्लामा नहुदाँ विकास योजनाको रकम आउन र भुक्तानी गर्न ढिलाई भएको छ ।

एक विकासको रकम भुक्तानी गर्न २ देखि ३ महिना पर्खिनु पर्ने बाध्यता रहेको ग्रामिण सडक पहुँच कार्यालय जुम्लाका म्यानेजर धन बहादुर श्रेष्ठले बताए । आर्थिक वर्षको आधा समय गईसक्यो अहिले सम्म पनि जुम्लामा जिल्ला समन्वय समितिको कार्यालयल बाट संचालन हुने विकासका योजनाहरु अगाडि बढ्न सकेको छैनन् ।

जिल्ला समन्वय समितिले गरेका योजनाका कामहरुलाई संस्थागत गर्न स्थानिय विकास अधिकारी हुदाँ काम काज गर्न गाह्रो  भएको जिल्ला समन्वय समिति जुम्लाका कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढथापाले बताए । सुरु भएका विकासहरुको पनि अनुगमन हुन सकेको छैन, यसले गर्दा विकासका निर्माण कायहरु कसरी संचालन भएका छन् र कसरी हुदै छन् थाहा छैन कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढथापाले बताए ।

यसबारे पटक पटक मन्त्रालयलाई जानकारी गराउँदा पनि मन्त्रालय बाट आवश्यक स्थानिय विकास अधिकारीलाई पठाउन सकेको छैन । जिल्ला प्राविधिक कार्यालयका प्रमुखलाई निमित्त स्थानिय विकास अधिकारीको बनाइयो उनी अहिले जिल्ला बाहिर नै रहेको कार्यक्रम अधिकृत क्षेत्र बुढथापाले बताए । निमित्त स्थानिय विकास अधिकारी कर्मचारीलाई तलब र भत्ता मात्र खुवाउन कार्यालयमा आउने बुढथापाले बताए ।

यता जुम्लाका राजनैतिक दलहरुले स्थानिय विकास अधिकारी आर्थिक वर्ष सकिनै लाग्दा भाग्नुको अर्थ जिल्लाका विकासको योजनाको रकममा भ्रष्टचार गरेको आरोप लागाए पनि स्थानिय विकास अधिकारी विहिन राजनैतिक दलहरु मौन बसेका छन् ।