दाङ , १५ असार दाङमा एक १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका, ६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् ।उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो ।
तर उनको क्रिया बस्ने कोहि नभेपछि नेपाली आफै किरिया बसेकी हुन् किरिया बस्नका लागि अरु लाइ खोज्ने हो भने पैसा पनि खर्च हुने भएकाले आफु बाल्याबस्थामै हजुरबुवाको किरिया बस्नुपरेको १३ बर्षिया बालिकाले भनिन उनले आफ्नो हजुरबुबालाई घाटमा दागबत्तीसमेत दिएकी थिइन् ।
आफु किरिया बस्नुपरेको बाध्यतालाई इन्द्रेणी अनलाइन संग विन्दुले भनिन्, “किरिया बस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ ।” प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो ।
साभारः इन्द्रेणी अनलाइन



Prawash Kumar Shakya । १५ असार २०७३, बुधबार ०४:३७ बजे