१३ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको लहर बढेसंगै आज कर्णाली प्रदेशमा ६८ जनामा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अुसार RT PCR प्रविधीद्वारा ८९ जनामा परिक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टी भएको हो । त्यस्तै Rapid Antigen प्रविधीद्वारा १ सय १० जनामा परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घन्टामा RT-PCR विधिबाट नयाँ संक्रमण पुष्टि भएका सुर्खेतका ६० जना, दैलेखका २ जना, जुम्लाका १ जना, जाजरकोटका १ जना र कालिकोट १ जना तथा अन्य प्रदेशका ३ जना रहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै आज देशभर ३५ सय ५६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैवीच स्वास्थ्य मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।



Prawash Kumar Shakya । १३ बैशाख २०७८, सोमबार १७:०१ बजे