एशियन लाईफ ईन्स्योरेन्सको सेवा सुबिधा ईसेवाबाट


 

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्सका ग्राहकहरुले डिजिटल भुक्तानीको माध्यम ईसेवामार्फत अबदेखि बीमाशुल्क भुक्तानी गर्न सक्ने एशियन लाइफले जनाएको छ ।

कम्पनीले हाललाई यस्तो सुविधा ईसेवाको वेभसाइटमार्फत गरिने भुक्तानीमा मात्र उपलब्ध गराएको जनाएको छ । कम्पनीले दिएको जानकारी अनुसार ईसेवाको एप्समार्फत पनि भुक्तानीको सुविधा चाँडै नै शुरु गर्ने तयारी भइरहेको छ ।

एशियन लाईफ इन्स्योरेन्सका ग्राहकहरुले वेभसाइटमार्फत बीमाशुल्क भुक्तानीको व्यवस्था मिलाएसँगै प्रिमियम भुक्तानी थप सहज र सरल भएको छ । बीमा शुल्क भुक्तानीको लागि अभिकर्तालाई भेट्नुपर्ने तथा बैंक वा बीमा कम्पनी धाउन नपर्ने भएको छ । घरैमा बसेर इसेवामार्फत प्रिमियम तिर्न सकिने व्यवस्था गरिएको एशियन लाईफले जनाएको छ ।

साभारःईन्स्योरेन्स खबर ।