
२४ चैत्र, सुर्खेत । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको जिल्ला अधिवेशन आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
अधिवेशनले निर्मल कुमार रेग्मीलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै संगठनको उपाध्यक्षमा महालक्ष्मी शाही र बमबहादुर बयक चयन हुनुभएको छ । त्यस्तै सचिवमा प्रविन बस्नेत र कोषाध्यक्ष कपिल सुनार चयन हुनुभएको छ भने सदस्यहरुमा चन्द्रबहादुर सुनार, लोकबहादुर राना, इन्द्रा थापा, अमृताकुमारी थापा, गिता विसी, विकास विसी र भक्तबहादुर विसी चयन हुनुभएको छ ।
कार्यक्रममा जनस्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष सूर्य कार्कीले जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्धता सम्पूर्ण प्रगतिशील स्वास्थ्यकर्मीको ऐक्यवद्धता भन्ने नाराका साथ अधिवेशन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्यकर्मीहरुको हक हित र भलाईकालागि मुख्य मुद्दा उठान गरिने छ ।”



Prawash Kumar Shakya । २४ चैत्र २०७९, शुक्रबार २०:५३ बजे