सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिए


१४ भाद्र सुर्खेत । दर्जनौं गाई भीरबाट खसालेर मारिएका अवस्थामा भेटिएको छ ।

नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको बिरोधमा उक्त र्याली निकालीएको हो । नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका छन् ।

नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन् । रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् । आठ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसालिएको र जंगलमा छाडेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन् ।