
२१ असोज, सुर्खेत । लगातारको ३ दिने बर्षाले देशका विभिन्न ठाँउमा क्षति पुर्याए सँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लगाएतका विभिन्न ठाँउमा बाढी पहिरो आएको छ ।
पानी धेरैपर्ने वित्तिकै वीरेन्द्रनगरको तल्लो भागमा अत्याधिक डुवान हुने गर्दछ । वीरेन्द्रनगरको वडा नं. ९ को घोग्रेनी र अलायचौरको वीचको बडीगाडमा डुवान पर्ने गर्दछ । आजको बर्षाले बडिगाडमा रहेको २ घरबाट ५ जनाको उद्दार गरिएको अस्थाई प्रहरी विट लाटिकोइलीले जनाएको छ । बर्षाले जलमग्न भएको स्थानमा स्थानीय जनप्रतिनिधी सुरक्षाकर्मी तथा स्थानीय यूवाहरुले उद्दार गरेका थिए ।
अत्याधिक बर्षाका कारण सुर्खेत नेपालगंज सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोलाई स्थानीय प्रशासनले सुचारु गराउने प्रयास गरिरहेको छ ।




Prawash Kumar Shakya । २१ आश्विन २०७९, शुक्रबार १६:५१ बजे