मेहेलकुनामा आगलागी


फोटोः युवराज विसी

२१ भाद्र, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको मुख्य बजार मेहेलकुना बजारमा आगलागी भएको छ ।

मेहेलकुना बजारमा रहेको हाई स्कूलको गेट नजिकै रहेको घरमा आगलागी भएको स्थानीय युवराज विसीले जानकारी दिनुभयो । आगलागीबाट १ घर पूर्णरुपमा क्षती पुगेको र छेउका दुइघरमा सामान्य क्षती भएको उहाँले बताउनुभयो ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको विसीले जानकारी दिनुभयो । (विस्तृत विवरण आउनबाँकी)

फोटोः युवराज विसी