जुम्लामा पहिरोले घर भत्किदा ७ जनाको मृत्यु २ जना घाईते


२२ असोज, सुर्खेत । आजविहान करिव ४ बजे जुम्लामा पहिरोले घर भत्किदा ७ जनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिका ५ बारेकोट डाँडामा रहेको गणेशबहादुर शाहीको घर पहिरोले भत्किदा घरमा सुतीरहेका ७ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले घर भत्काउँदा घरमुली ५५ बर्षका गणेशबहादुर शाही, उहाँका छोराबुहारी २२ बर्षका रमेशबहादुर शाही र २२ बर्षका पानसरा शाही, करिव ८/९ बर्षका बालक अनमोल शाही त्यस्तै करिव ५/६  बालक मिलन शाही २४ बर्षका सुरेन्द्र हमाल र २२ बर्षका विद्या शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै पहिरोमा परि ५० बर्षका सरस्वती हमाल र रामबहादुर हमाल घाइते हुनुभएको छ । घाइते दुबैजनाको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।