अनुसन्धानमा सहजताकालागि सभामुखद्वारा राजिनामा


फाइल फोटो

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आज उपसभामुख समक्ष राजिनामा दिनुभएको छ ।

सभामुख महरा माथि यौन दुर्व्यवहारको आरोप लागेपछि राजिनामा दिनुभएको हो ।

महराले आफूमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि आरोपको सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर छनवीन नसकिँदा सम्मकालागि नैतिकताका आधारमा राजीनामा दिएको राजिनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

संसद सचिवालय कै एक महिला कर्मचारीले सभामुख महरा माथि यौन दुर्व्यवहारको आरोप लगाउनुभएको हो । तर आरोपलाई सभामुख महराले भने अस्वीकार गर्नुभएको छ ।