दैलेख सांस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ शुभारम्भ(७ तस्विर सहित)


मिलन श्रेष्ठ
असोज,२९ दैलेख । सेरि बराह मिडिया प्रा.लि.को आयोजनमा संचालित दैलेख सांस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ आजबाट शुरु भएको छ ।

महोत्सवका अतिथि एवंम् लोक दोहोरी प्रतिष्ठान कर्णाली प्रदेशका सह–अध्यक्ष अभिषेक अनुरागले स्थानिय कला,सांस्कृति जगेर्नाका लागी आफूहरु सदैव लागी पर्ने बताउनु भयो । अनुरागका अनुशार मुख्य गरी कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्ला कला क्षेत्र र धार्मिक क्षेत्रका रुपमा एउटा छुटै महत्व बाकेको जिल्ला भएता पनि प्रचार–प्रसारको अभावका कारण धेरै सांस्कृतिहरु लोप हुने अवस्थामा पुगेकै कारण उक्त सास्कृति जगेर्नाका लागी हामी युवाहरु तत्पर रहेकोमा जोड दिनु भयो ।

महोत्वसको ब्यानर सहित पञ्चकन्याहरु ।
दैलेख महोत्वस २०७६को उत्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननिय रविन्द्रराज शर्मा  , बिशिष्ट अतिथिहरु कर्णाली प्रदेश सभा सदस्य माननिय सुशिल थापा , प्रतिनिधि सभा सदस्य माननिय अमरबहादुर थापा र सभा सदस्य माननिय पार्वती बिशुन्के ।

 

दैलेख जिल्लाका स्थानियले तयार पारेको ढांकाको टोपी लगाउएर मख्ख भएका प्रमुख अतिथी लगायत बिशिष्ट अतिथिहरु ।
आफैले तयार पारेको नेपाली पोशाक ढांकाको टोपी कार्यक्रमका अतिथीहरुलाई उपहार प्रदान गर्दे स्थानिय ।
दैलेख जिल्लाको पौराणिक महत्व बोकेको तरबार नाच प्रस्तुत गर्दै कलाकारहरु ।
महोत्सवका आर्थिक संयोजक मिनबहादुर थापा ।
दैलेख घरेलु तथा सांस्कृतिक महोत्सव २०७६का लागी झांकि प्रस्तुत सहितको र्याली स्थानिय डेकेन्द्र चौकमा ।