भारतमा बैंक लुटेको आरोपमा सुर्खेतका एक स्थानिय पक्राउ


चैत १६, सुर्खेत ।

भारतको एक बैंक चोरीको आरोपमा सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही पक्राउ परेकाछन् ।

भारतको चेन्नई स्थित इन्डियन ओभरसिज बैंकमा गरीएको लुटपाटमा संलग्न शाहीलाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट आज पक्राउ गरेको हो ।

बैंक चोरीपछि सुर्खेत आएको आशंकामा एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरे अनुसार सुर्खेतमा परिचालित प्रहरीले नियन्त्रमा लिएको र शाहीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी आवश्यक अनुसन्धान भइरहेको सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदले जानकारी दिनुभएको छ ।

उनीहरुले ४० लाख रुपैयाँ बराबरको गरगहना र नगद चोरी गरेको बुझिएको छ ।