नेवाः मिसा दवुको अध्यक्षमा उर्मीला


पुस ७ सुर्खेत । नेवारहरुको भाषा, संस्कृति र पहिचानल, विश्वमा नै उच्च स्थानमा रहेको एक कार्यक्रमका प्रमुख अथितीेले बताउनु भएको छ । उहांका अनुशार नेपाल मौलिक भाषा, विविध सांस्कृति र विभिन्न पर्यटकिय हिसाबले आफैमा धनि छ, त्यसमा पनि नेपालमा आउने बाह्य होस् यो आन्तरिक पर्यटक उहांहरुको मनोरन्जनका लागी साथै देशको पहिचान दिनका लागी जसरी एक नेवार समूदायले आफ्नो कला, सांस्कृति र झाकिले मन नै लोभ्याउने गरेको छ, सोहि मानेमा हाम्रो सांस्कृतिले बिश्व पहिचान गराएको छ ।

शुभकामना मन्तव्य व्यक्त गर्दे कार्यक्रमका अथिती एवंम् समाजसेवी ध्रुबकुमार श्रेष्ठ ।

नेवाः देय दबू जिल्ला कार्य समिती सुर्खेतका अध्यक्ष तिला शाक्य(श्रेष्ठ)को अध्यक्षत, नेवाः देय् दबूका निवर्तमान अध्यक्ष जीवनकुमार शाक्य, अधिवक्ता एवंम् समाज सेवी धु्रबकुमार श्रेष्ठ तथा सिया कार्कीको आथित्यमा वीरेन्द्रनगरमा सम्पन्न नेवाः मिसा देबु जिल्ला समिती गठन गर्ने कार्यंक्रममा कार्यक्रमका प्रमुख अथिती एवंम् नेवाः मिसा दबुका केन्द्रीय अध्यक्ष रस्मीला प्रजापतिले उक्त कुरा बताउनु भएको हो । प्रजापतिका अनुशार , विभिन्न नेवारी परिकार, भेषभुषाले नेवार समुदायको छुट्टै पहिचान भएकाले विश्वमा नेवार समुदायलाई उछिन्न सक्ने कुनै जाति समुदाय नरहेको साथै जहाँ नेवारी महिलाले घर चलाएको हुन्छ त्यहाँ राम्रो भएको छ उनले भनिन् । त्यसैले समाज र देश परिर्वतन गर्नका लागि समेत नेवारी महिलाको आवश्यक्ता रहेकोसमेत बताउनु भयो ।

नेवाः मिसा दबूका केन्द्रीय अध्यक्ष रस्मीला प्रजापती ।

कार्यक्रमका अथिती एवंम् समाजसेवी ध्रुबकुमार श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दे, अब पनि नेवारी महिलाहरु अग्रसर नभएर सिंगो समुदाय नै धरापमा गर्ने बताउनु भयो, उहांका अनुशार कला सास्कृतिका जगेर्नाका लागी जतिको महिलाहरुको योगदान रहेको हुन्छ र उहांहरुबाट संरक्षित रहन्छ, पुरुषबाट कमि हुने भएको हुदा आफ्नो सांस्कृति जोगाई राख्नका लागी अनुरोध समेत गनूृ भयो ।

नेवाः मिसा दबूका केन्द्रीय कोषाध्यक्षअर्चना तण्डुल्कार ।

 कार्यक्रमका अथिती एवंम् नेवाः मिसा देबूका केन्द्रिय कोषाध्यक्ष अर्चना तण्डुल्कारले ‘हाम्रो देश कला संस्कृतिले धनी छ ’तर, पनि हामीले हाम्रो कला संस्कृति पछिल्लो समयमा लोभहुँदै जाने अवस्थामा पुगेकोले यसको संरक्षण गर्नका लागि चुनौती थपिएको बलाउनु भयो ।

नेवाःदेय् दबू जिल्ला कार्यसमिती अध्यक्ष एवंम् कार्यक्रमका सभापती तीला शाक्य(श्रेष्ठ) ।

सोमबार वीरेन्द्रनगरमा सम्पन्न नेवाः मिसा दबूको पहिलो भेलाले उर्मीला श्रेष्ठको अध्यक्ष्यतामा १३ सदस्यीय नेवाः मिसा दवुको नया कार्य समिती गठन छ, जसको उपाध्यक्षमा रुकमणी श्रेष्ठ , सचिवमा कृति शाक्य गुभाजु, कोषाध्यक्षमा सिया कार्की , सह–सचिवमा कमला श्रेष्ठ चयन हुनुभएको छ भने सदस्यहरुमा लक्ष्मी मान्नधर , बिद्या श्रेष्ठ, चन्दा श्रेष्ठ ,सिता श्रेष्ठ ,गिता श्रेष्ठ ,कृष्णा श्रेष्ठ र सुमित्रा तुलाधर रहनु भएको छ ।

नव निर्वाचित पदाधिकारीहरु संग कार्यक्रमका सभापती, प्रमुख अथिती, बिशेष अथिती, अथितीहरु एवंम् सम्पूर्ण सहभागीहरुको सामुहिक तस्विर ।