
१४ पौष, सुर्खेत । सडक सुरक्षा अभियान अन्तर्गत आज जन नमुना माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सडकमा पैदल यात्राको बारे हिडाउने अभ्यास गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागि सडक सुरक्षा कार्यक्रमको अभ्यास गराएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भूकम्पमा भन्दा सवारी दुर्घटनाले मानिसको जीवन अन्त्य हुने हुँदा यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “कर्णाली प्रदेशको राजधानीमा पनि सडक दुर्घटना बढी भैरहेकोले यस्तो कार्यक्रमको नितान्त आवश्यक रहेक छ ।”
सडक प्रयोगकर्ता निर्देशिका २०५३ अनुसार फूटपाथ नभएको ठाउँमा बायाँ होइन दायाँबाट हिड्न पर्छ” दायाँबाट हिड्दा अगाडीबाट आएको सवारी देख्न सकिने र सोहि अनुरुप सुरक्षित हुन सकिन्छ ।
कार्यक्रममा बटुवाहरुलाई ट्राफिक नियमका बारेमा पनि जानकारी दिइएको थियो भने तनाव छ जिन्दगी फाउण्डेशन, सामुदायिक प्रहरी तथा चर्चित सामाजिक सञ्जाल समूह मोटे ग्याङ्ग नेपालको सहभागिता रहेको थियो ।



Milan Shrestha । १४ पुष २०७६, सोमबार २१:०० बजे