गाँउपालिकाका अध्यक्ष र निमित्त प्रशासकिय अधिकृतको कार्य विरोधमा प्रेस विज्ञप्ती


१९ भाद्र, कालिकोट । देश राजनैतिक परिवर्तन संगै संघीय संरचनामा गैसकेको र स्थानीयतहको निर्वाचन भै लामो समय देखि कार्य संचालन भैरहदा पनि शुभकालिका गाँउपालिकाले निमित्तको भरमा कार्य संचालन गरेकोमा आज गाँउपालिकाका उपाध्यक्ष र विभिन्न वडा अध्यक्षले प्रेस विज्ञप्ती जारी गरि विरोध जनाएका छन् ।

शुभकालिका गाँउपालिका कालिकोटमा गाँउपालिकाका अध्यक्ष संगको मिलोमत्तोमा निमित्त प्रशासकिय प्रमुखले प्रमुख प्रशासकिय अधिकृतलाई गाँउपालिकामा हाजिर हुन नदिएकोमा विरोध जनाउँदै प्रेस विज्ञप्ती जारी गरिएको हो ।

गाँउपालिकाका अध्यक्ष खडानन्द चौलागाइ र निमित्त प्रशासकिय अधिकृत प्रवलजंग शाहीले गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डे २/२ पटक आउँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको विज्ञप्तीमा उल्लेख छ ।

उक्त कार्यको विरोध गर्दै गाँउपालिकाका उपाध्यक्ष पम्फाकुमार शाही, वडा नं ३ का अध्यक्ष धनराज शाही, वडा नं २ का अध्यक्ष मनराज शाही, वडा नं ५ का केशनबहादुर शाही, वडा नं ६ का कर्णबहादुर शाही र वडा नं ८ का अध्यक्ष दीपराज महतराले संयुक्तरुपमा हस्ताक्षर गरि प्रेस विज्ञप्ती जारी गर्नुभएको हो ।