बैसाख १०, सुर्खेत ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको निर्बाचनमा बागी उम्मेदारी दर्ता गर्ने संगठनले कार्बाही गर्ने निर्णय गरेको छ ।
केन्द्रले गरेको निर्णयका बिरुद्धमा जाने पत्रकारलाई सम्बन्धित संगठनहरुले कार्बाहि गर्ने निर्णय गरेको हो । आज बिहान बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल, प्रेस यूनियन र प्रेस सेन्टरले केन्द्रमा गरेको आधिकारीक निर्णयका बिरुद्ध कर्णाली प्रदेशमा सिन्डिकेट गरेको भन्दै प्रेस चौतारी नेपाल र प्रेस यूनियन सँग आबद्ध पत्रकारहरुले संगठनले गरेको निर्णय बिपरीत मनोनयन दर्ता गरेपछि यस्तो निर्णय गरीएको हो ।




Milan Shrestha । १० बैशाख २०७५, सोमबार ०४:३१ बजे