
२९ माघ जुम्ला । फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा हिमा गाउँपालीकाले सार्बजनिक बिदा दिएको छ ।
जनयुद्धका शहिदहरुको बलिदानीको उच्च मुल्याङ्कन गर्दै हिमा गाउँपालीकाले फागुन १ गतेका दिनलाइ गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जनयुद्धका शहिद, बेपत्ता योद्धा ,घाइते अपांगको यो अमुल्य बलिदानीलाई स्मरणका साथै सम्मान गर्दै हिमा गाउँपालिका जुम्लाले यस्तो निर्णय गरेको जनाएको छ ।
देशमा शहिद बेपत्ता योद्धा घाइते अपाङ्गहरुको बलीदानीका कारण देशले फडको मारेको उहाँहरुको योगदानको कदर स्वरुप गाँउपालिकाले सबैलाइ समेटेर लैजाने हिमा गाउँपालीका का अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो



Milan Shrestha । २९ माघ २०७६, बुधबार १०:२० बजे