
मनिराज पाण्डे
१ फागुन, कालीकोट । आज (बिहीबार) पलाँता गाउँपालिका द्वारा संचालित साझा यातायात लेखिएका चार वटा गाडी (पिकअप जीप) सुर्खेत कर्णाली राजमार्ग हुँदै जिल्लाको पचालझरना गाउँपालिकाको घाटचौरबाट गेजको सहारामा पलाँता गाउँपालिकामा पुर्याइएको छ ।
गेज वा पुल एकै दिन बनाउन सम्भव नभएपछि स्थानीयले अस्थायी गेज बनाइ गाडी पलाँता पुर्याइएको हो । डिजेल पेट्रोल बोक्न प्रयोग गरिने ३१ वटा ड्रम तथा काठको प्रयोग गरेर बनाइएको गेजको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले नेतृत्व गर्नुभएको थियो । गाडी पलाँता पुग्ना साथ स्थानीयले खुशी साँटा साट गरेका थिए ।
पलाँता गाउँपालिकाले बेल्के ढुंगा मोहर पुलाँहा छलाहाँ अशोक मार्गको बेल्के ढुंगा देखि राडुनेटा सम्म २२ किलो मिटर सडकको ट्रयाक ओपन गरेपछि त्यही रोडमा गाडी चलाउने बताइएको छ । अशोक मार्गमा गाडी चलेपछि दैनिक उपभोग्य बस्तुहरु पिठ्यौमा बोकेर स्थानीयले ५ घण्टाको उकालोबाटो काट्नु पर्ने अवस्थाको अन्त्य भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनु भयो ।
स्थानीय उत्पादनको बजारिकरण
पलाँता ९ को थिर्पुबाट पलाँता २ को राडुनेटा सम्म गाडी संचालन भएपछि स्थानीय उत्पादनले बजारपाउने आशा गरिएको छ । माथिल्लो क्षेत्र भनिएको साविकको धौलागोह गाविसमा आलु, स्याउ, सिमी, कोदो काइरो लगाएका बालीहरु उत्पादन हुने गर्दछ । अब स्थानीयले आफ्नो उत्पादन सहजै बजार पु¥याउन र बजारको दैनिक उपभोग्य बस्तु घर सम्म पु¥यान सक्ने भएपछि उत्पादनमा बृद्धीहुने पलाँता गाउँपालिकाका कृषी शाखा प्रमुख उत्तमबहादुर शाहीले बताउनुभयो ।
औषधी उपचारमा सहज
अशोक मार्गमा WEL-COME पलाँता, पलाँता गाउँपालिका द्वारा संचालित साझा यातायात लेखिएका गाडी संचालन भएपछि बृद्ध बृद्धा र बिरामीहरुका लागि सहजता आउने पलाँता १ का स्थानीय छत्रबहादुर कार्कीले बताउनुभयो । गाडी संचालन भएपछि पलाँता १, २ र ३ का स्थानीयलाइ प्रत्यक्ष सहयोग पुगेको छ । बिरामी ल्याउदा डोको काटेर ५ घण्टाको बाटो हिडेर आउने पर्ने समयको अन्त्य भएको पलाँता २ का वडा अध्यक्ष बृद्धी बिकले बताउनुभयो ।
पलाँता आं.व २०७७/०७८ मा रिङ्गरोडमा जोड्ने तयारी
सडक संजालमा नजोडीएको पलाँता ३, ४, ५ र ७ लाइ पनि आं.व २०७७/०७८मा रिङ्गरोडमा जोड्ने तयारी भइरहेको अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिनुभयो । अन्य वडाहरु पनि सडक संजालमा जोड्न आवश्यक बजेट नीति तथा कार्यक्रमहरु तयारी भइरहेको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो । पलाँता गाउँपालिकाले गाडी उद्घाटन, निरा स्मृती कप लगायतका कार्यक्रमहरु गरेर २५ औं जनयुद्ध दिवस मनाएको छ ।
Milan Shrestha । १ फाल्गुन २०७६, बिहीबार २१:५३ बजे