रमेश रावल
१२ चैत्र, सुर्खेत । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले ६२ वटा आइसोलेसन कक्ष तयार पारेको छ ।
कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा ६२ वटा आइसोलेसन कक्षहरु निर्माण गरेको हो । कोरोनाको जोखिमलाई मध्यनजर गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ३५ वटा कक्ष, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४ कक्ष, जिल्ला अस्पताल कालिकोट, हुम्ला, दैलेख, जाजरकोटमा ३/३ कक्ष, मुगुमा २ कक्ष, डोल्पा ४ कक्ष र पश्चिम रुकुममा ४ कक्ष निर्माण गरिएको कर्णाली प्रदेशमा स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हजार बेड क्षमताको क्वारेन्टाइन निर्माणको गरिएको र कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै कर्णाली सरकारले हजार बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेपछि नेपाली सेना क्वारेन्टाइन निर्माण गरेको कर्णाली प्रदेशमा स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी)ले बताउनुभयो।
‘जिल्ला जिल्लामा पनि क्यारेनटाइनको निर्माण गरिएका छन् ।’ उहाँले भन्नुभयो, ‘आईसोलेसन कक्षहरुपनि जिल्ला जिल्लाका अस्पताललाई बनाउन निर्देशन दिएको छ । सबै जिल्ला अस्पतालहरुले निर्माण गरिसकेका छन् ।’ कर्णालीमा रहेका निजि अस्पतालहरुलाई पनि आइसोलेसन कक्ष निर्माणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । ‘हामीले निजी अस्पतालहरुलाई आइसोलेसन कक्ष बनाउनका लागि आवश्यक निर्देशन दिएका छौं ।’ ‘कोरोना बिरुद्धको सुरक्षालाई पहिलो प्राथमिकता राखेका छौं ।’ भण्डारीले भन्नुभयो ।
रगतको नमूना संकलन गर्न तीन जना बिषेशज्ञ
कर्णाली प्रदेशमा कोरोनाको रगतको परिक्षण गर्ने तीन जना चिकित्सक रहेका छन् । कर्णाली प्रदेश सरकारले कोरोनाको नमूना परिक्षण गर्ने तीन जना विषेशज्ञहरु रहेको जनाएको छ । कुनै व्यक्तिलाई कोरोना वा कोरोना जस्तो लक्षण देखिएका बिषेशज्ञहरुलाई खटाउने गरी तयारी अवस्थामा राखिएको निर्देशक निर्देशक भण्डारी (जोशी)ले जानकारी दिनुभयो । ‘सबैले रगतको नमूना संकलन गर्ने कुरा भएन् ।’ उहाँले भन्नुभयो,‘तीन बिषेशज्ञ डाक्टरहरुलाई काठमाडौंमा पठाएर तालिम लिएर आउनु भएछ । कुनै जिल्लामा समस्या देखिए हामी खटाउँछौं ।’
रगतको परिक्षण गर्ने रगत संकलन गरिने उपकरण भिटिएमको व्यवस्था गत फागुनमा नै गरिएको अहिले कर्णालीमा आवश्यक मात्रामा नै रहेको निर्देशक भण्डारी(जोशी)ले बताउनुभयो । ‘आवश्यक मात्रामा भिटिएम फागुनमा नै व्यवस्था गरेका थियौं ।’ ‘मौसमी बिरामी हुँदा हुम्ला र डोल्पामा पठाएका थियौं ।’
पिपिइको समस्या
स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिइको समस्या विश्वभर रहेको र कर्णालीमा त्यो समस्या रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ । थोरै मात्रामा पिपिइ रहेको स्थानीय स्रोतको प्रयोग गरेर चिकित्सकको सुरक्षा व्यवस्था अपनाइने निर्देशक भण्डारी(जोशी)ले बताउनुभयो ।



Milan Shrestha । १२ चैत्र २०७६, बुधबार १८:५३ बजे