अनेरास्ववियूद्वारा विज्ञप्ति जारी


 

विज्ञप्ति कर्णाली न्यूजबाट ।

असार, ३ सुर्खेत । सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयको ९औं स्थापना दिवस अवसरमा कार्यक्रम स्थलभित्र नारीबाजीका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

अनेरास्ववियूका संयोजक ऐन बहादुर महर र सह–संयोजक रन्जित तामाङ्गद्धारा संयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा पक्राउ गरीएका विद्यार्थि नेतालाई तत्कारल रिहा गर्न माग गर्दै विद्यार्थी माथी गरीएको दमनको घोर भत्सर्ना समेत गर्नु भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको स्थापना दिवसको शुभकामना दिदै विज्ञप्तीमा विश्वविद्यालय जस्तो प्राज्ञिक थलोले प्रायोजनको नाममा निजि क्याम्पसको विज्ञापन हुने गरी गरी टि—सर्ट वितरण गर्ने कार्य नाजायज भएको भन्दै ध्यान आकर्षण गराईएको छ ।
यसरी विश्वविद्यालयको परिसरबाटै गिरिफ्तार गरिएका विद्यार्थी नेताहरुलाई अबिलम्ब रिहा गर्न र उत्पन्न समस्यालाई सहज रुपमा सुल्झाउन पनि विज्ञप्तीमा भनिएको छ ।

विश्वविद्यालयले नवौं स्थापना दिवसका अवसरमा टि—सर्ट प्रायोजकका बहानामा मध्यपश्चिम विश्वविद्यालयसंग सम्बन्ध नै नभएका राजधानीका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

श्रोत्रःकर्णाली न्यूज ।