
१५ चैत्र, सुर्खेत । कोरोना भाईरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कार्यकालागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक योगदान गर्ने सहयोगी हातहरु जुट्न शुरु भएको छ ।
प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि आज सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोईरालाले रू.१० लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै कोषमा नौमुले गाउँपालिका-३, द्वारी दैलेख निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा रु.५१ हजार रुपैयाँको चेक मुख्यमन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको छ । विश्वव्यापी रुपमा मानव जातिका विरुद्ध आईपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रवाट भएको योगदान प्रति मुख्यमन्त्रीले धन्यवाद व्यक्त गर्नुभएको छ।
कोषमा हाल सम्म १० करोड १० लाख ५१ हजार जम्मा भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विनोद गौतम जानकारी दिनुभयो ।




Milan Shrestha । १५ चैत्र २०७६, शनिबार १६:३० बजे