
कर्णाली प्रदेशमा सुरक्षा तथा Surveillance प्रविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आज Hikvision & Ezviz Knowledge sharing program सम्पन्न भएको छ ।
नियोटेरिक नेपालको कर्णालीकालागि Hikvision Brand & Ezviz Brand को आधिकारिक विक्रेता क्वीक कम्प्यूटर सोलुसनको आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० जना भन्दा बढी Reseller तथा Installer हरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा Hikvision Nepal का पश्चिम नेपाल सेल्स म्यानेजर दिवस भट्टराई, टेक्निकल सपोर्ट इन्जिनियर रन्दिप राजलवटले सहजीकरण गर्नुभएको थियो ।
उहाँहरूले Hikvision का नवीनतम Surveillance Technology, Security Solutions, Product Quality, Market Strategy तथा Technical Support सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी Reseller तथा Installer हरूले पनि बजारको अवस्था, ग्राहकको आवश्यकता तथा आगामी सम्भावनाका विषयमा आफ्ना अनुभव र सुझावहरू साझा गरेका थिए ।
त्यसैगरी Neoteric Nepal Pvt Ltd बाट अवदेश कुमार झा र सुमित मिश्राले नेपालको Surveillance Market मा Hikvision Brand तथा Ezviz Brand को बढ्दो विश्वास, बजार विस्तार तथा आगामी योजनाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा क्वीक कम्प्यूटर सोलुसनका संचालक धर्मराज भण्डारीले यस्ता कार्यक्रमहरूले प्रदेशभरका व्यवसायी, Reseller तथा Installer हरूबीच समन्वय, सहकार्य र प्राविधिक ज्ञान आदानप्रदान गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी अधिकांश व्यवसायीहरूले कर्णाली प्रदेशमा सुरक्षा प्रविधिको माग तीव्र रूपमा बढिरहेको र Hikvision Brand प्रति ग्राहकको विश्वास पनि मजबुत बन्दै गएको बताएका थिए ।
आगामी दिनहरूमा अझ प्रभावकारी Service, Technical Support तथा Market Expansion मार्फत Hikvision Brand लाई कर्णाली प्रदेशभर थप Growth गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।




Prawash Kumar Shakya । २ जेष्ठ २०८३, शनिबार १८:१० बजे