सुर्खेत बुलबुले यातायातको सुविधा सम्पन्न ‘बुलबुले स्टार’ नाइट बस सेवा सञ्चालन


तस्विरः वब्वी श्रेष्ठ ।

सुर्खेत । सुर्खेत–काठमाडौं यात्रालाई थप सहज, सुरक्षित तथा आरामदायी बनाउने उद्देश्यले सुर्खेत बुलबुले यातायात व्यवसायी प्रालिले सुविधा सम्पन्न ‘बुलबुले स्टार’ नाइट बस सेवा सञ्चालनमा ल्याएको छ।

आज आयोजित स्वागत तथा उद्घाटन कार्यक्रमका बीच पहिलो बस सांझ ४ः४५ बजे सुर्खेतबाट काठमाडौंका लागि प्रस्थान गरेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ बस सेवाले यात्रुहरूलाई सुरक्षित, भरपर्दो तथा आरामदायी यात्रा अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

सुर्खेत बुलबुले यातायात व्यवसायीका सचिव श्री सोनाम लामाले यात्रुहरूको सुविधा र सेवाको गुणस्तरलाई प्राथमिकतामा राखेर आधुनिक सुविधा सम्पन्न नाइट बस सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यात्रुहरूको विश्वास कायम राख्दै अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा सहयोग, साथ तथा सहभागिता जनाउने सम्पूर्ण महानुभावप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ।

“यहाँहरूको साथ, माया र सहयोगले नै हामीलाई अझ अगाडि बढ्ने हौसला मिलेको छ,” कम्पनीद्वारा जारी धन्यवाद सन्देशमा उल्लेख गरिएको छ।

सुर्खेत बुलबुले यातायात व्यवसायी प्रालिले आगामी दिनहरूमा यात्रु मैत्री तथा सुरक्षित यातायात सेवा विस्तार गर्दै जाने जनाएको छ।