
१६ चैत्र, सुर्खेत । दारी ग्याङ्ग नेपाल सुर्खेतले आज कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै सुब्वाकुना प्रहरी चौकीर बाँङ्गेसिमल प्रहरी चौकीमा माक्स हस्तान्तरण गरेको छ ।
दारी ग्याङ्ग सुर्खेतका सचिव दिपक पोखरेलले अहिलेको यो लकडाउनको समयमा सुरक्षाकर्मीहरु बढी खटिनुभएकोले उहाँहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुब्बाकुना र बाँङ्गेसिमल प्रहरी चौकीमा १००/१०० थान माक्स, हातधुने साबुन र पानी संकलन गर्ने भाँडा दिएको बताउनुभयो ।
कार्यक्रममा ग्याङ्गका रविन्द्र कार्की सुशिल भूषाल र घनश्याम केसीको सहभागि रहेको थियो ।




Prawash Kumar Shakya । १६ चैत्र २०७६, आईतवार २०:४० बजे