
१७ चैत्र, सुर्खेत । चिकित्सक एवं सामाजिक अभियानमा होमिनु भएका सुर्खेतका चिकित्सक डा. नवराज केसीले लकडाउन उल्लंघनलाई मध्यनजर गर्दै सुर्खेतका सिडियोलाई फेसबुक मार्फत प्रश्न गर्नुभएको छ ।
डा. केसीले आफ्नो फेसबुक स्टाटसमा ” दिनभर कोरोना नआवस भनेर अस्पातलमा लडेको चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल के भयो होला ? जब बेलुका घर फर्कदा २००/ ३०० जना मानिसहरुलाई प्रहरीका सोझा सोझा भाईहरुको प्रयोग गरेर ३ वटा बसमा कोचाकोच गर्दै ओसारपसार गरेको देखेर मेरो त होस् उड्यो । यो केबल स्वास्थ्यकर्मीको लडाईं होइन । तती बेला लकडाउनको दुरुपयोग केबल दुरुपयोग होइन दुर्घटना हो । यसरी कोचिएर गरेको यात्रा ले पुरै कर्णालीलाई फैलाउन सक्छ Corona Virus ,सबै लाई चेतना भया ।” लेख्नुभएको छ ।
डा. नवराज केसी सुर्खेत कै स्थानीय हुनुहुन्छ । उहाँको पेशा चिकित्सक (बालरोग विषेशज्ञ) हो । उहाँ चिकित्सक भएपनि सामाजिक अभियानमा पनि त्यतिकै होमिनुभएको छ । एउटा चिकित्सकले यसरी फेसबुक मार्फत दुखद स्टाटस लेख्नु भनेको पक्कै पनि कर्णालीबासीहरुकालागि राम्रो होइन । उहाँको फेसबुक स्टाट्सले पनि कर्णालीमा कोरोना भाइरसको स्थिति कस्तो हुँदै गईरहेको अनुमान लगाउन सकिन्छ ।
कर्णाली सरकारको छ कता ध्यान? ति बनाईएका क्वारेन्टाइन के कालागि हो ? देखाउनकालागि मात्र पक्कै पनि होइन होला? लकडाउन भनेको केहो?



Prawash Kumar Shakya । १७ चैत्र २०७६, सोमबार ११:४० बजे