विभिन्न माग राख्दै राप्रपाले बुझायो ज्ञापन पत्र


१ असार, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत सुर्खेतमा पनि ज्ञापन पत्र बुझाइएको छ ।

राप्रपा सुर्खेतले १९ बुँदे माग राख्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल मार्फत ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा तत्काल किसानहरुलाई मल र बिउ उपलब्ध गराइनुपर्ने, महङ्गी तथा कालोबजार नियन्त्रण गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको श्रृङ्खलाबद्ध मूल्यवृद्धि रोकिनु पर्ने, भ्रष्टाचार नियन्त्रण गरी २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गरिनुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरिनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने लगायतका माग राखिएका छन ।

राप्रपा सुर्खेतका अध्यक्ष कबिराम पुरीको नेतृत्वले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनु अघि राप्रपा सुर्खेतले वीरेन्द्रनगरको स्थानीय मंगलगढी चोकबाट विरोध र्रयाली प्रदर्शन गरेको राप्रपाका प्रेम विसीले बताउनुभयो । उहाँ भन्नुहुन्छ उक्त माग पूरा नभए हामी आगामी दिनमा सशक्त आन्दोलन गर्ने र त्यसबाट हुने सम्पूर्ण क्षतीको जिम्मेवार सरकार आफै हुनेछ ।