शंकास्पद संक्रमितहरु सुब्बाकुनामा अलपत्र (भिडियो सहित)


११ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारी यतिवेला कर्णालीमा ४ जना भएसंगै थप संक्रमितहुनेको संख्या पनि तिब्रगतिमा बढ्ने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशको मुख्य सिमानाका बबईमा भारतबाट आएका कर्णालीका नागरिकहरुलाई प्रदेश सरकार विभिन्न पालिकाहरुले आडिटी परिक्षण पश्चात क्वारेन्टाइनमा राख्ने गरि आआफ्नो स्थानमा पुर्याउँदै गर्दा आरडिटी पोजेटिभ देखिएकाहरुको प्रदेश सरकारले स्वाब परिक्षण गर्ने गरेको छ ।

यसैवीच आज वीरेन्द्रनगर तर्फ आएका ६ जनामा आरडिटी परिक्षणबाट पोजेटिभ देखिएकाहरुलाई सुब्बाकुनामा रोकिएको खबर प्राप्त भएको छ । शंकास्पद संक्रमितहरु यतिखेर अलपत्र रहेका छन् । हिडेर जान्छौ भन्दा जान दिदैनन् हामीलाई लिनपनि कोइ आएका छैनन् । एक पिडिले भन्नुभयो ।