मुगु र जुम्ला वाहेक मध्यपश्चिमका १३ जिल्लामा बर्षा


सुर्खेत १७, असार । मुगु र जुम्ला वाहेक मध्यपश्चिमका १३ वटा जिल्लामा बर्षा भैइरहेको वताएको छ । प्यूठानमा भारी वर्षा भैइरहेको भएपनि अरु जिल्लामा भने सिमसिमे पानी परिरहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मुगु र जुम्ला जिल्लामा वादल लागेको भएपनि अहिलेसम्म वर्षा नभएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुई दिनदेखिको वर्षाको कारण दाङ –होलेरी सडक खण्डमा शुक्रवार दिउँसोवाट यातायात सेवा अवरुद्ध भएको छ ।सइघा –२ च्यानगैरामा पहिरो गएपछि साँढे १ बजेवाट सडक अवरुद्ध भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिवाकर सिंहले वताए ।

लगातारको वर्षाले रुकुम जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका छन । मुसीकोट – वाफीकोट र मुसीकोट – रुकुमकोट सडक अवरुद्ध भएको पनि सिंहले वताए । निरन्तर वर्षा भैइरहेकोले वाढी पहिरो आउन सक्ने भएकोले सचेत रहन प्रहरीले सवैलाई सुझाव दिएको छ । बाढी पहिरोले गर्दा कुनै घटना दुर्घटना भए तत्काल खवर गर्न समेत क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले आग्रह गरेको छ ।

साभारः राराखबर अनलाइन