कोरोना संक्रमितको संख्या १४०१ पुग्यो, कर्णालीमा ६० संक्रमित


१७ जेठ, काठमाडौं । कोरोना भाइरसक (कोभिड-१९)को संक्रमण पछिल्लो २४ घन्टामा थप १८९ जनामा पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको जस्मा १८५ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१८९ संक्रमित थपिदा कर्णाली प्रदेशको दैलेख जिल्लामा १४ जनामा संक्रमित देखिएको हो । संक्रमितहरुको स्वाव जुम्लामा परिक्षण गरिएको थियो । संक्रमितहरुको उमेर १७ देखि ५० पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो संगै कर्णालीमा संक्रमितको संख्या ६० जना पुगेको छ ।