१८ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बजारमा छेउमा रहेको जन नमूना माध्यमिक विद्यालयले वीरेन्द्रनगर नगरपालिकाले विद्यालयमा गरेको व्यवहार प्रति आपत्ती जनाएको छ ।
विद्यालयले कोरोना भाइरसको (कोभिड-१९)को महामारीलाई रोकथाम एवं नियन्त्रणकालागि स्थानीय सरकारलाई क्वारेन्टाइन बनाउनकालागि दिने अग्रिम प्रतिबद्धता अनुरुप क्वारेन्टाइन बनाइ १ सय जना ब्यतिले प्रयोग गरिरहेको अवस्थामा पुनः थप ब्यक्ति राख्न दबाव दिइ विद्यालयलाई अप्ठ्यारोमा पार्ने प्रयाश गरि विद्यालयको उत्तर तर्फको गेटको ताल्चा फुटाली जवरजस्ती ब्यक्तीहरुलाई विद्यालयमा प्रवेश गराएकोमा प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाइएको छ ।
विद्यालयले बनाउन दिएको क्वारेन्टाइनमा विद्यालयले नै २ जना सहयोग उपलब्ध गराएको तर नगरपालिकाले माक्स स्यानिटाइजर र ग्लोब्स पनि नदिएको विज्ञप्तीमा उल्लेख छ ।
“नगरपालिका एक अभिभावकीय संस्थाकाे रूपमा विद्यालयकाे सहयाेग, प्रतिबद्धता, समस्याबारे ख्याल गर्नुपर्दैन ?, विद्यालयका पनि आफ्नै जिम्मेवार निकायहरू हुन्छन् । उनिहरूकाेपनि कानुनी र ब्यवहारिक दायित्व, जवाफदेहिताहरू हुन्छन् । काम, कर्तब्य र अधिकार हुन्छन् । त्यसप्रति उदासिन बन्नु अत्यन्त दु:खद छ । राज्यले लिएका नीति निर्णयप्रति विद्यालय साथमै छ । तर अन्यत्र पाहुनाहरू नराखी यश विद्यालयमा राख्न मात्र दबाब दिइराख्नु र अन्तत: ताल्चा नै फाेडेर अविवेकी चरित्र प्रदर्शन गरेकाेमा वीरेन्द्रनगर नगरपालिकाकाे गलत रवैयाप्रति कडा बिराेध गर्दछाैं । निरन्तर सफलता प्राप्त गर्दै गुणस्तरीय शिक्षाका लागि पर्याय बनिरहेकाे विद्यालय परिवारलाई हाैसला दिनुपर्ने ठाउँमा यश घटनाले निराश बनाएकाे छ ।” विज्ञप्तीमा उल्लेख छ ।




Prawash Kumar Shakya । १८ जेष्ठ २०७७, आईतवार २२:०८ बजे