
७ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै सनराइज बैंकले कर्णाली प्रदेश अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुकालागि अहिलेको समयमा अति आवश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
बैंकको कर्णाली प्रदेश कार्यालय र वीरेन्द्रनगरस्थित शाखा कार्यालयले कोरोना भाइरसका संक्रमितहरुका सेवामा खट्नकालागि अति आवश्यक पर्सनल प्रोटेक्टिप इक्वीमेन्ट (पिपिई) २५ थान र अन्य स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको हो ।
सनराइज बैंक सुर्खेतका कार्यालय प्रमुख सुस्मा गिरीले कर्णाली प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको माग अनुसार बैंकको तर्फबाट स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो ‘बैंकको कर्णाली प्रदेश कार्यालय र शाखा कार्यालयका तर्फबाट ८ थान पुनः प्रयोग गर्न मिल्ने पिपिई सेट र १७ थान डिस्पोजेवल पिपई सेट लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएका हौं,’ ।
त्यस्तै कार्यक्रममा बैंकका कर्णाली प्रदेश कार्यालय प्रमुख प्रदीप अर्यालले ‘सारा विश्व नै कोरोना भाइरसले आक्रान्त बनी रहेको संकटको यो समयमा बेला सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर बैंकले सहयोग गरेको बताउनुभयो ।



Milan Shrestha । ७ बैशाख २०७७, आईतवार १८:२३ बजे