२८ बैशाख, सुर्खेत । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेशका सबै नाका १ साताकालागि पूर्णरुपमा सिल अर्को सूचना जारी नभए सम्मकोलागि जारी रहेको जनाएको छ ।
गएकाे साता वसेकाे प्रदेश विपद व्यवस्थापन केन्द्र (Province Crisis Management Center) काे निर्णयानुसार कर्णाली प्रदेश भित्रिने सवै सिमा नाकामा गरिएकाे नाकावन्दी अर्को निर्णय नहुँदा सम्मको लागि जारी रहने प्रदेश विपद व्यवस्थापन केन्द्रका सदस्य सचिव लक्ष्मीकुमारी वस्नेतले जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले छिमेकी प्रदेशको जिल्ला बाँकेमा देखिएको कोरोनाको संक्रमणको अवस्थालाई ध्यानमा राख्दै नाका पूर्णरुपमा सिल गरेको आज आइतवार राती बजे सम्मकालागि थियो ।



Prawash Kumar Shakya । २८ बैशाख २०७७, आईतवार २०:५९ बजे