मनकारी म्यागी, नेपाली खोज्दै सिमानामा


१९ जेठ,सुर्खेत

कोरोना भाइरस कोभिड-१९ले संसार भरी महामारी फैलाइ रहेको बेला  अमेरिकी नागरिक म्यागी डोयन  नेपालीको उद्दार गर्दै र नेपालीलाइ खोज्दै सिमानामा पुग्नु भएको खवर छ ।

सन् २०१५ मा सि एन एन हिरोको उपाधी जित्नुभएकी म्यागी समाज सेवामा लागेकै कारण उक्त पदवी जित्नुभएकी भएको हो । उहां अहिले रोजगारी गुमाएर घर फर्की रहेका नेपालीहरुको उद्दार कार्यमा लागी पर्नु भएको छ ।

ब्लिङ्कनाव फाउन्डेसनका नेपाल निर्देशक र कोपिला भ्याली सेवा समाजका संचालक समेत रहनु भएकी म्यागी डोयनको प्रयासमा कर्णाली प्रदेश सरकार र साझेदार संघ संस्थाको पहलमा उहाँहरुलाइ नेपालमा स्वागत गर्नकालागी न्यानो स्वागत भन्ने अभियान अन्तरगत प्रदेश राजधानी सुर्खेतका बिभिन्न स्थानहरुमा खाना खाजा र पिउने पानीको व्यवस्था गरीरहेको कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोप बहादुर मल्लले  बताउनु भएको छ ।

भारत लगाएत तेस्रो मुलुकमा काम गर्ने नेपालीहरु अहिले कोभिड-१९का कारण काम बन्द भएपछी ज्यान जोगाउन नेपाल फर्कीरहेका बेला नेपालीहरुले सिमानामा खेप्नु परेको जोखिमका बारेमा चिन्तित हुदै नेपालीहरुलाइ नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारले कत्तिको चासो  र चिन्ता देखायका छन भन्ने कुरा अरुले भनेको सुनेर बिश्वास गर्ने वातावरण नभएपछी आँफै सिमानामा पुगेर प्रत्यक्ष अनुभव गरी फर्किनु भएको छ ।

उहाँका अनुसार नेपाल भित्रिने नेपालीहरुले सिमानामा खेप्नु परेका दुखका कुरा हेर्दा र सुन्दा जो कोहीको पनी आँखामा आसु आउने बताउनु भएको छ । त्यहा नेपालीहरुका लागी गरीएका व्यवहारमा उहाँको पटक्कै चित्त बुझेको छैन, यातायात व्यावसायीहरुले गरीरहेको ब्रह्मलुट सुरक्षाकर्मीहरुले गरीरहेको हेपाहा प्रवृती, स्थानिय सरकारले सरकारको गैह्र जिम्मेवारि पुर्ण व्यवहारले यात्रुहरुले बाटोमा खेप्नु परेको सास्तीका कारण नेपालीहरुको मनोवल झन खस्कीरहेको  छ ।

उहाँले सिमानामा पर्ने सम्बन्धित जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी,  संघसंस्था र आम नेपाली दाजु भाइ दिदी बहिनीहरुले सबैले आ-आफ्नो क्षेत्रबाट उहाँहरुको मनोबल बढाउनका लागी हौसला प्रदान गर्नु पर्ने र सहयोग स्वरुप सबैले उहाँलाइ उचित व्यवस्थापन गर्नु पर्ने कुरामा भेटघाट र छलफल चलाएको पनी बताउनु भएको छ ।

पहिला पहिला नेपालीहरु घर फर्कीदा हासी खुशी हर्सोल्लासका साथ आउने गर्थे भने अहिले आउदा कुनै ठुलै अपराध गरेको अपराधी नै हु की भन्ने जस्तो भारी मन बोकेर आएको जस्तो महसुस भएको र उहाँहरु लाइ रोगले भन्दा पनि शोकले पिरोलिरहेको यात्रीहरुको अनुहारमा झल्किने कुरा बताउनु भएको छ ।