मोटे ग्याङ्ग नेपालका यूवाहरु राहत र उद्दारमा व्यस्त


२२ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमणको वेला वीरेन्द्रनगर सुर्खेतको प्रवेश द्वारा सुब्बाकुना लगाएत विभिन्न ठाँउहरुमा सामाजिक सञ्जाल फेसबुकको चर्चित समूह मोटे ग्याङ्ग नेपालका यूवाहरु एडमिन कुमारशम्सेर थापा सदस्यहरु अनील ढकाल, टोपेन्द्र थापा, सञ्जय योगी, मनोज दहाल, विनोद दहाल, राज देवकोटा, कमल लामिछाने, नरेश शर्मा, रविन श्रेष्ठ लगाएका यूवाहरुको समूहले विषेश गरेर सुब्बाकुनामा राहत वितरण र उद्दारको काममा खटिरहेको छ ।

मोटे ग्याङ्ग नेपालका एडमिन कुमारशम्सेर थापा भन्नुहुन्छ “हामीले यूवाहरु मिलेर आफू संग भएको अर्थले करिब २० दिनदेखि सकेको जति काम गरिरहेका छौं । हामीले सुब्बाकुनामा टेण्ट लगाएन लागिको वेलामा विभिन्न संघसंस्था टेण्टको व्यवस्था गरिएकोमा हामी यो कार्यकालागि आभार व्यक्त गर्दछौ । अहिले हामीले सुब्बाकुनामा बत्तिको व्यवस्था गरेका छौ । तपाईहरुपनि हाम्रो यो अभियानमा जोडिन सक्नुहुन्छ ।”

हाम्रो अभियानमा सुरक्षाकर्मीहरुले पनि साथ दिनुभएको छ त्यसकालागि आभार व्यक्त गर्दछौ साथै जिल्ला प्रहरी कार्यालय सुर्खेत एसपी डिल्लराज पन्तले समूहलाई स्वयम् सेवकको व्याज दिएर जिम्वारी वहन गर्न उत्प्रेरण दिनुभएको छ । एडमिन थापा भन्नुहुन्छ ।